झिलझिले, २७ पुस–झिलझिलेमा रहेको सुलभ बचत तथा ऋण सहकारी संस्थाले आज १०औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
झिलझिलेस्थित किरात भवनमा आयोजित बार्षिक साधारणसभामा वडा नम्बर ८ का अध्यक्ष तथा प्रमुख अतिथि केहरसिंह बस्नेतले उद्घाटन गरे ।
सो अवसरमा संस्थाका अध्यक्ष कृष्णप्रसाद खरेलले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले १ करोड ६० लाख ३० हजार ५ सय ८० रुपैयाँ कुल ऋण लगानी गरी ३२ लाख ७५ हजार ७ सय ६५ रुपैयाँ कुल नाफा गर्न सकेको प्रतिवेदन मार्फत उल्लेख गरे ।
बार्षिक साधारणसभामा संस्थाका व्यवस्थापक रविनचन्द्र राईले लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा सताक्षी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जगतबहादुर श्रेष्ठ, चौतारी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष धनबहादुर राई, किसान कृषि सहकारी संस्थाका अध्यक्ष सनम इजम लिम्बूले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरि, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट कर्माचारीलाई स्रम्मान गरिएको थियो । २ सय ७१ जना शेयर सदस्य रहेको संस्थाले विभिन्न बिपत जोखिममा सहयता गर्नुका साथै सामाजिक कार्यमा पनि अग्रसर रही सहयोग गर्दै आएको संस्थाका सचिव कृष्णचन्द्र सेलिङले बताए ।
