धरमपुर, २७ पुस–झापाको दमकमा कार्यालय रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाले आज छिमेकी नगरपालिका शिबसताक्षी–२ धरमपुरमा एक कार्यक्रमबीच जेष्ठ नागरिकहरुलाई लौरी बितरण गरिनुका साथै चिया र बिस्कुट खुवाइएको छ । सहकारी संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तगर्त धरमपुरका जेष्ठ नागरिकलाई मायाको चिनो स्वरुप लौरी बितरण गरिनुका साथै चिया र बिस्कुट खुवाइएको हो ।

दमक–६ मा अवस्थित संस्थाका कर्जा बिभाग प्रमुख इश्वर नेपालका अनुसार समाजका जेष्ठ नागरिकहरुप्रति सम्मान, आदर र उनीहरुको जीवनका अनुभवलाई ग्रहण गर्न अवसरको रुपमा लिइएको हो । कर्जा बिभाग प्रमुख नेपालले स्थानीय गाउँ क्षेत्रका १ सय २५ जना जेष्ठ आमा बुबाहरुलाई कार्यक्रममा सहभागि गराएर लौरी बितरण गरिएको र सहभागिबीचमा सामुहिक रुपमा चिया र बिस्कुट खुवाइएको बताउनुभयो ।

लौरी बितरण कार्यक्रम समितिका संयोजक एबम् शिबसताक्षी–२ का वडा सदस्य कुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा शिबसताक्षी–२ का वडा अध्यक्ष कुलबहादुर बस्नेत, सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट इश्वर नेपाल, राजकुमार खड्का, होम श्रेष्ठ, दिपक नेपाल, कमल नेपाल, वडा सचिव पूर्ण शम्शेर कुँवरले संयुक्त रुपमा जेष्ठ नागरिकहरुलाई लौरी बितरण गर्नुभएको थियो ।

सञ्चालक समितिका सचिव कमल नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका बजार व्यवस्थापक प्रमुख दिपक नेपालले स्वागत मन्तव्य सहित संस्थाले सञ्चालन गर्दै आएका सामाजिक गतिविधिहरुका बारेमा चर्चा गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *