दमक, २७ पुस–दक्षिणी झापाको झापा गाउँपालिकामा आज युवा संघ नेपाल गाउँ कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपाल झापा गाउँ कमिटीको अध्यक्षमा युवराज डाँगी सर्वसम्मत चुनिएका छन् ।

५१ सदस्यीय सो कमिटीका उपाध्यक्षद्धयमा पूर्ण बहादुर श्रेष्ठ र बिष्णुलाल भण्डारी चुनिएका छन् । सचिवमा अनिष प्रधान, सहसचिवद्धयमा रमेश पराजुली र मौसम राई चुनिएका छन् । त्यस्तैं, कमिटीको कोषाध्यक्षमा निषा भट्टराई चुनिएका छन् ।

युवा संघ नेपाल झापाका अध्यक्ष शुनिल थापाको अध्यक्षतामा झापा गाउँपालिकामा युवा संघ नेपाल गठन भएको हो । सो अवसरमा अतिगिहरुले नवगठित कमिटीका अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *