काठमाडौं, २८ पुस–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिकाद्वारा आयोजित दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको समापन कार्यक्रममा उनले विकास र राजनीति एकार्काका परिपूरक भएको बताए ।

खेलकुद राष्ट्रको गहना भएको बताउँदै उनले यसको सम्वद्र्धनका लागि राज्यले उचित ध्यान दिन सके सक्षम खेलाडी उत्पादनमा सहज हुनेमा जोड दिए । खेलकुद मानिसको स्वास्थ्यका लागि पनि उत्तिकै महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय तहले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर राष्ट्रियस्तरका खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।

वरिष्ठ नेता पौडेलले म्याराथन प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *