मोरङ (रतुवामाई), २८ पुस–मोरङको रतुवामाईका मेयर रविन राईले परराष्ट्र मन्त्री नारायण खड्कासँग मंगलबार भेट गर्नुभएको छ ।

मेयर राईले मन्त्री खड्कासँग वैदेशिक रोजगारीका क्रममा विदेशमा विभिन्न कारणले जेलपरेका, विभिन्न मुलुकमा अलपत्र परेका रतुवामाई नगरपालिकाका नगरवासीलाई उद्धार गरि स्वदेश ल्याउने विषयमा छलफल गर्नुभएको थियो ।

मेयर राईले विदेशमा समस्यामा रहेका नगरवासीहरुको समस्या समाधान लगायतका छलफल गर्नु भएको छ ।

काठमाण्डौँमा रहनुभएका मेयर राईले यसअघि रतुवामाई नगरका स्वास्थ्य चौकीहरुको भवन निर्माणका लागि आवश्यक बजेट र रतुवामाई नगर अस्पताल झुर्कियालाई सुविधा सम्पन्न बनाउन विभिन्न स्वास्थ्य उपकरणको माग सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलसँग पनि भेट गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *