काठमाडौं, २८ पुस–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ।

रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पिसिआर परीक्षण गरेका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ।

‘उहाँ होम आइसोलेसनमा हुनुहुन्छ। स्वास्थ्य सामान्य छ,’ पौडेलका प्रेस संयोजक विमल खड्काले भने।

मन्त्री पौडेललाई संक्रमण भएपछि दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको सचिवालयले बताएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *