अनिलदेब राई/झिलझिले, २८ पुस–कमजोर आर्थिक अवस्थाका कारण जीर्ण घर निर्माण गर्न नसकिरहेका झापा शिवसताक्षी–८ भुलभुलेका मनकुमार राईको घर निर्माणमा नेपाली कांग्रेस नगर समितिले चासो देखाएको छ । हिउँदको चिसो मौसममा अत्यन्तै कष्टकर जीवन बिताइरहेका राईको घर निर्माणमा कांग्रेस शिबसताक्षी नगर समितिलले आवश्यक तयारी सुरु गरेको छ ।
नेपाली कांग्रेस नगर उपसभापति सन्त फेउदेनका अनुसार कमजोर आर्थिक अवस्थाका कारण मनकुमार राईले घर पूर्ननिर्माण गर्न सकेका थिएन् । नेता फेउदेनले राईका श्रीमति, दुई छोरा र एक छोरीसहित हिउँदका चिसा दिन र रातहरु कष्टकर ढंगमा बिताइरहेको जानकारी गराउनुभयो ।
उनी परिवारसहित १५ वर्षदेखि झिलझिले दक्षिण भुलभुले गाउँमा बस्दै आएका छन् । चार वर्ष अघिदेखि उनको घरको भग्नावशेष मात्र देखिन्छ । फुसको छानो झरेर बाँकी रहेको घरको भग्नावशेषमा उनीसहित पाँच जना परिवार बस्दै आएका छन् ।
नेता फेउदेनसहित स्थानीय सामाजिक अगुवा, राजनीतिकर्मी र सञ्चारकर्मी को टोलीले राईको घरको अवोलकन गर्नुका साथै पीडित परिवारसँग भेटघाट गर्नुभएको छ ।
यसैबीच, नगर उप–सभापति फेउदेनको नेतृत्वमा राईको घर निर्माण हुने भएको छ । उप–सभापति फेउदेनको नेतृत्वमा निर्माण हुने सो समितिमा स्थानीय बुद्धिजीबिहरु प्रेमराज लावती, राकेश रिजाल, देवीप्रसाद लावती, दिपेन प्रधान लगायत अभियानमा जुट्ने भएका छन् ।
सोही अभियानलाई सफल बनाउन कांग्रेस नगर सदस्य मंगलसिंह सम्बाहाम्फेले रु २५ हजार प्रदान गर्नुभएको छ ।
घर निर्माण समितिका संयोजक एबम् कांगेस नेता फेउदेनका अनुसार रु ५ लाखको लागतमा घर निर्माण गरिनेछ । निर्माण हुने घरमा सौचालयसहित बन्ने भएको छ, नेता फेउदेनले भन्नुभयो-”केही दिनमै पार्टी जिल्ला सभापति देउमान थेबे लगायत अन्य नेताहरुको उपस्थितिमा घरको शिलान्यास हुनेछ ।”
यता, पीडित राईले घर पूर्ननिर्माण गर्न चाहेर पनि आर्थिक अभावको कारण नसकेको बताउनुभयो । घर बनाउनु मन छ, राईले भन्नुभयो-”तर, कहाँबाट ल्याउँ पैसा । यो चिसोमा हामी श्रीमान र श्रीमति त बाचिन्छ नै होला तर छोराछोरीलाई बचाउन मन छ ।”
बिहान बेलुका बोनी बुतो गरेर जीवन यापन गर्ने राई परिवारले घर निर्माणमा सहयोग गरिदिनका लागि शिवसताक्षी नगरपालिका वडा नं ८ को कार्यालयमा पटक–पटक हार गुहार गरेपनि सहयोग नपाएको गुनासो गर्नुभयो ।

