दमक, २८ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) दमक बहुमुखी क्याम्पस कमिटीले आज दमक क्याम्पस माडमा जेब्राक्रम बनाइएको छ ।

दमक बहुमुखी क्याम्पसमा अध्ययनरत पैदल यात्री विद्यार्थीहरुलाई क्याम्पस मोडमा आवत जावत गर्न सडकमा समस्या नहोस भन्दै जेब्राक्रस बनाइएको हो । इलाका प्रहरी कार्यालय दमक र ट्राफिक प्रहरी कार्यालय दमकको सहकार्यमा अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीले क्याम्पस मोडको दुई स्थानमा जेब्राक्रस बनाइएको अध्यक्ष आयुश्मान पोख्रेलले जानकारी दिनुभयो ।

जेब्राक्रस बनाउनुअघि आयोजित संक्षिप्त कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य तथा दमक बहुमुखी क्याम्पस स्ववियू कार्यबहाक सभापति रोशन भण्डारीले विद्यार्थीहरुले समाजमा रचनात्मक र सृजनात्मक कार्यहरु गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तैं, सो कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) नगर कमिटी सहसचिव एबम् समाजवादी पत्रकार अनिलदेब राईले पछिल्लो समय सडकमा दिनानुदिन जोखिम बढ्दै गएको बताउनुभयो । राईले सडकमा बढ्दो जोखिम न्यूनिकरण र नियन्त्रण गर्न जेब्राक्रस पनि एउटा माध्यम भएको बताउनुभयो ।

नेता राईले दमक क्याम्पस मोडमा निर्मित जेब्राक्रसमा एकीकृत समाजवादी सम्बद्ध विद्यार्थीहरुले मात्रै होइन, सवै–सवै बिचार वा आस्था राख्ने विद्यार्थीहरु र अन्य पैदल यात्रुहरुले प्रयोग गर्ने भएकोले अनेरास्ववियूको यो अभियानबाट सकारात्मक पाठ सिक्नुपर्ने बताउनुभयो ।

त्यसैगरी, दमक बहुमुखी क्याम्पसका स्ववियू कोषाध्यक्ष एबम् राष्ट्रिय प्रजातन्त्त पार्टी सम्बद्ध राप्रविसंघका नेता शुनिल धिमालले समेत मन्तव्य राख्नुभएको थियो ।

सो कार्यक्रममा प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरिक्षक बासुदेब खतिवडा, दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रनानी सुन्दर श्याम पोख्रेल, अनेरास्ववियू केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाववादी) दमक नगर सदस्य मदन गुरुङ, अनेरास्ववियू जिल्ला कमिटी सचिव युनिश थापा, अखिल छैठौका प्रदेश संयोजक देबेन्द्र भण्डारी, राप्रविसंघका सोविन न्यौपाने, जेब्राक्रस निर्माणमा सामाग्रीहरु सौजन्य प्रदान गर्नुहुने अभिषेक भण्डारी, जीवन चक्र समाज नेपालका अध्यक्ष एबम् सामाजिक अभियान्ता गणेशप्रसाद गौतम लगायतको उपस्थिती थियो ।

आयुशमान पोख्रेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटी सचिव रेवतीरमण (रविन) दाहालले गर्नुभएको थियो ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *