काठमाडौं, २९ पुस–नेपालमा पछिल्लो समय देशभर कोभिड(१९ संक्रमण बढ्न थालेसँगै काठमाडौंका निजी अस्पतालबाट पनि कोरोना खोप दिन थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।

काठमाडौं मोडल अस्पताल, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालय प्रमुख शम्भु काफ्लेले बताए ।

यसअघि, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडीबुटीबाट यसअघि खोप दिने गरिएको थियो ।

अहिले भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइन्छ । यी अस्पतालबाट बिहान १० बजेदेखि ३ बजेसम्म खोप लगाउने गरिएको छ । सरकारले कोभिडविरुद्धको खोपलाई अनिवार्य बनाएपछि अस्पतालमा भीड बढेको हो । खोप नलगाएकालाई सार्वजनिक सेवामा निषेध घोषणा गर्न लागिँदैछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *