काठमाडौं, २९ पुस–पछिल्लो २४ घन्टामा थप तीन हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ८१ नमुना परीक्षणमा तीन हजार पाँच सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबारकोे तुलनामा आज संक्रमितको संख्या पाँच सयले बढी हो । पछिल्लो २४ घन्टामा दुई सय ७१ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । एकजनाको मृत्यु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *