काठमाडौँ, ३० पुस–विश्वभर कोरोना संक्रमतिको संख्या ३२ करोड नाघेको छ ।

गत २४ घण्टामा मात्रै ३० लाख ३२ हजार संक्रमति थपिएसँगै कुल संक्रमितको संख्या ३२ करोड ४ लाख ८७ हजार पुगेको हो ।

अमेरिकामा मात्रै एकै दिन ६ लाख ७३ हजार जनामा संक्रमण देखिएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ६ करोड ५० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा फ्रान्समा ३ लाख ५ हजार, भारतमा २ लाख ५३ हजार, इटलीमा १ लाख ८४ हजार र स्पेनमा १ लाख ५९ हजारजनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै, सोही अवधिमा अर्जेन्टिनामा १ लाख २८ हजार, वेलायतमा १ लाख ९ हजार, ब्राजिलमा ९७ हजार र जर्मनीमा ९३ हजार जनामा संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा झण्डै सात हजार संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १६ सय ३१, रसियामा ७४०, वेलायतमा ३३५, इटलीमा ३१६, जर्मनीमा २६१, फ्रान्समा २२५, ब्राजिलमा १९० र टर्कीमा १५३ जनाको मृत्यु भएको छ।

हाल विश्वभर सक्रिय संक्रमितको संख्या पाँच करोड नाघेको जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *