गोविन ल्वागुन महाभारा (गौरिगञ्ज), ३० पुस–प्रदेश सभा सदस्य झलकसिंह दर्लामी मगरले प्रदेश सरकारले कृषि तथा सहकारी क्षेत्रमा किसानको बृद्धि बिकासको लागी बिभिन्न शिर्षकमा बजेट बिनियोजन गर्दै आएको बताउनुभएको छ ।
आज (शुक्रबार) गौरीगञ्ज–१ माहाभारा रहेको साना किसान कृषि सहकारी संस्थाको १८औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । सांसद दर्लामीले दक्षिणी क्षेत्रमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसान माझ गरेको प्रगतिको प्रशंसा गर्नुभयो ।
संस्थाले हाल करिब १ बिगाह जमिन खरिद गरि कृषि उपज गोदाम घर निर्माण गरिसकेकोले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कृषिमा उरर्बर भुमि रहेको यस क्षेत्रमा बृद्धि बिकास गर्न बजारी करणसंगै ड्रायल मेसिनको समेत आवश्यक्ता रहेकोले चाडै नै प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको ब्यबस्था गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।
सांसद दर्लामीले यही आर्थिक बर्षमा यस संस्थालाई सामान ढुवानीको लागी चाहिने सवारी साधानको प्रबन्ध मिलाउन समेत पहल गर्ने जनाउनु भयो ।
सो कार्यक्रमा संस्थाको तर्फबाट संस्थाका अध्यक्ष तिलकप्रसाद सिह राजबंशीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो । उहाँले ०७७।०७८ मा १ करोड १९ लाख ७६ हजार ५ सय ३७ रपैया संस्थाले जम्मा आम्दानी गर्न सफल भएको प्रतिबेदन मर्फत बताउनुभयो ।
सो अवसरमा बिभिन्न पकेट बालीका उत्कृष्ठ कृषकहरु, जेष्ठ नागरिक कृषकहरुलार्इ नगद पुरस्कार सहित सम्मानित गरिएको छ ।
त्यसैगरी, ०७७ सालको एसइइ (परिक्षा) मा उत्कृष्ट अंक ल्याउने संस्थाका शेयर सदस्यका छोराछोरीहरु क्रमश निश्चिल काफ्ले र अनुस्का राजबंशीलाई नगद २ हजार ५ सय रुपैयाले पुरस्कृत गरिएको थियो ।
सस्थाले १८औ बर्ष गाँठसम्म आइ पुग्दा बिभिन्न आरोह अवरोहहरु पार गर्दै हाल प्रदेश सरकार र संसथाको ५०–५० प्रतिशतको साझेदारीमा जम्मा रु १ करोड ४८ लाख २८ हजार लागतमा कृषि उपज संकलन केन्द्र (गोदाम घर) निर्माण गरिएको छ । गोदम घर निर्माणसंगै किसानले उत्पादन गरेको अनाज र कृषि उपजको भण्डारण गर्न सहज भएको किसानहरुले बताएका छन । संसथाले आगमी दिनमा ड्रायल मेसिन, सेलर मिल र कोल्ड सेन्टर संचालनमा ल्यउने लक्ष्य रहेको संसथाले जनाएको छ ।
उक्त कार्यक्रममा गौरीगञ्ज गाउपालीकाका उपाध्यक्ष दिेपेन्द्र थापाले पनि पालीकाको तर्फबाट सहयोग गर्दे आएको र त्यसलाई निरन्तरता दिने बताउनुभयो । ,
कार्यक्रममा प्रदेश सभासद झलकसिह दर्लामीको स्वकिय सचिब दुर्गा नेम्बाङ लगायतको सहभागिता रहेको थियो ।




