दमक, ८ माघ–झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरु १० बुदे मागसहित आन्दोलनमा उत्रिएका छन् । ४ माघ, मंगलबार दमक बहुमुखी क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई तीन विद्यार्थी संगठनले १० बुदे मागसहित तिन दिनको अल्टिमेटम दिएका थिए ।

अनेरास्ववियू (कान्तिकारी) दमक बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष निगल राना मगर, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संगठनका दमक बहुमुखी क्यासपस कमिटीका अध्यक्ष सोबिम न्यौपाने र अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष आयुष्मान पोख्रेलद्वारा जारी संयुक्त प्रेष विज्ञप्तीमा विद्यार्थीहरुको अधिकार माथि कुठाराघात गरी विद्यार्थीहरुका जायज मागलाई ढाकछोप गर्ने कार्य गरेको भन्दै आन्दोलनमा उत्रिएको घोषणा गरेका छन् ।

आफ्ना मागहरु पुरा गर्न दिएको अल्टिमेटमलाई क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिले बेवास्ता गरेको भन्दै हिजो (शुक्रबार) देखि विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । यसबीच, ७ माघ, शुक्रबारका दिन आन्दोलनरत विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन घेराउ गर्दै वृहत नारा जुलुस प्रदर्शन गरिएको अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष आयुष्मान पोख्रेलले जानकारी दिएका छन् ।

त्यस्तैं, ९ माघ आइतबारका दिन कालो फेटा सहित सिटी जुलुस प्रदर्शन गर्ने, १० गतेका दिन कालो झण्डासहित वृहत विद्यार्थीहरुको सहभागितामा नारावाजी गर्दै विभिन्न नाराहरु लेखिएको पर्चा र पमप्लेट प्रदर्शन गरिने भएको छ ।

आन्दोलनको क्रममा ११ गते विद्यार्थीहरुले १ रुपैया संकलन गरेर क्याम्पसको लेखा प्रसाशनमा बुझाउने र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गर्ने । माघ १२ गतेसम्म मागहरु पुरा नभएको अवस्थामा विद्यार्थी राजनीतिक संगठनहरुबीचको बैठकले थप आन्दोलनका कार्यक्रमहरु संयुक्त प्रेष विज्ञप्ती मार्फत घोषणा गरिने विद्यार्थी नेताहरुले बताएका छन् ।

विद्यार्थी नेताहरुका अनुसार क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका साझा समस्याहरुलाई एकीकृत गरेर क्याम्पस प्रशासन र क्याम्पस सञ्चालकमा आफ्ना १० बुदे मागहरुप्रति वेवास्ता भएको भन्दै क्याम्पस प्रमुखको राजीनामाको माग समेत गरेका छन् ।

यता, दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव तथा कार्यवहाक स्ववियू अध्यक्ष रोशन भण्डारीले विद्यार्थीहरुले आफ्ना मागहरु सम्बोधनका लागि क्याम्पस प्रसाशनसँग राखिसकेको र त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताए ।

नेता भण्डारीले विद्यार्थीका आफ्ना मागलाई प्रकृयतागत ढंगले राख्दा पनि क्याम्पस प्रसाशन र क्याम्पस सञ्चालक समितिले वेवास्ता गरिनु भनेको दुःखद भएको बताए । आफ्ना जाजय मागहरुप्रति विद्यार्थीहरु आन्दोलनमा उत्रिएका कारण क्याम्पसमा हुने क्षति र त्यसको समस्यामा क्याम्पस प्रसाशन र सञ्चालक समितिले जिम्मेवारी लिनुपर्ने नेता भण्डारीको भनाई छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *