दमक, ८ माघ–दमक ५ सानो प्रयास युवा समाज नामक संस्थाले शनिबार दमकका घर घरमा उत्पादन हुने फोहोर व्यवस्थापनमा सहयोग पुरयाउने उद्धेश्यले २० थान डस्टविन राखेको छ ।

दमक ५ स्थित भृकुटी चोकमा संक्षिप्त कार्यक्रम गरि डस्टविन राख्ने कार्यक्रमको औपचारिक शुरुवात गरिएको हो ।

डस्वीन राख्ने कार्यको शुभारम्भ गर्दे दमक ५ का वडाध्यक्ष इन्द्र गुरुङले सो संस्थाले फोहोर व्यवस्थापनको क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

उनले जनचेतना जगाउने कार्यमा संघ संस्थाको भुमिका महत्वपूर्ण हुने भन्दै टोलबासीलाई डस्टविनको उचित सदुपयोग गर्न सुझाए ।

संस्थाका अध्यक्ष सुरज श्रेष्ठको सभापतित्व रहेको कार्यक्रममा जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम र हेप्पी नेपालका महासचिव सुरेन्द्र श्रेष्ठले पनि सामाजिक चेतना र फोहोर व्यवस्थापनका बिषयमा आफनो विचार राखेका थिए ।

सो संस्थाले दमकका विभिन्न स्थानमा त्यस किसिमका २० वटा डस्टविन राखेर जनचेतना जगाउन सन्देश छोडने बताइएको छ ।

सानो प्रयास युवा समाजले कोरोना महामारीका समयमा अस्पतालका बिरामी र कुरुवालाई बसेकै ठाउँमा भोजनको व्यवस्था गरेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *