काठमाडौं, ९ माघ–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।

अध्यक्ष ओलीले सुरुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि पीसीआर परीक्षण गराएका थिए ।

ओली दम्पत्ति आफ्नो निवासमा नै आइसोलेसनमा छन् । कोरोना संक्रमित भएसँगै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *