ओखलढुंगा, ९ माघ–ठेकेदारको लापरवाही कारण ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ नारायणस्थानमा तीन जनाले ज्यान गुमाएका छन् ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको यात्रु सवार बोलेरो जिपमा बाटो माथीबाट ढुंगा खसेर लागेको हो ।

ओखलढुंगा निशंखे सडक ग्राभेलको ठेक्का पाएको कान्छाराम कन्सट्रक्सनले स्काभेटर लगाएर बाटोमाथि बाटा ढुंगा झिक्ने काम गरिरहेको थियो । त्यही ढुंगा खसेर मोलीबाट ओखढुंगा आउँदै गरेको जिपमा लागेको हो ।

ठेकेदारको असावधानीका कारण दुर्घटना भएको देखिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताए ।

जिपमा ६ जना सवार थिए । त्यसमध्ये सिद्धिचरण नगरपालिका–१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तीनजना घाइते छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र उनीहरूलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *