काठमाडौं, ९ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको छ ।

आइतबार पार्टी पदाधीकारीहरूको बैठकले निर्वाचन आयोगविरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको हो ।

माघ २ गते पत्र पठाउँदै निर्वाचन आयोगले राप्रपालाई विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ शब्दावली र पार्टीको झन्डामा रहेको गाई चिह्न पनि हटाउन निर्देशन दिएको थियो ।

आयोगले राप्रपालाई विधानको प्रस्तावनाको बुँदा ४ मा लेखिएको ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’ तथा विधानको धारा ४९क० मा उल्लेखित झण्डाको मध्ये भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न निर्देशन दिएको छ ।

आइतबारको बैठकले आयोगले पठाएको नेपालको संविधानको मर्म र भावना विपरीत भएको निर्देशन पुर्वाग्रही देखिएको ठहर गरेको छ ।

“मंगलबार कानुनविद्हरूसँग छलफल गर्छौं र आयोगलाई जवाफ दिन्छौँ,” महामन्त्री कुन्ती शाहीले भनिन् ।

यता, महामन्त्री भुवन पाठकले भने कानुनविद्हरूसँग छलफल गरेर आयोगको निर्णयविरुद्ध अदालत जाने बताए ।

“उपयुक्त समय आएपछि जवाफ दिन्छौँ । तर राजनीतिक र कानुनी उपचार त्यो भन्दा अघि खोज्छौँ,” उनले भने । पाठककाअनुसार आयोगको निर्णय विरुद्ध सडक संघर्ष पनि सुरु गर्ने निर्णयमा पार्टी पुगेको छ । बाह्रखरीबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *