दमक, १० माघ–गत माघ ७ गते शुक्रबारबाट चरणबद्ध आन्दोलनमा उत्रिएका झापा दमकस्थित दमक बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुले आज पनि क्यम्पसमा कालो झण्डासहित नाराबाजी गरेका छन् ।

नेकपा सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू र राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राप्रविसंघले संयुक्त रुपमा दमक बहुमुखी क्याम्पसमा आन्दोलन गरिरहेका छन् ।

आन्दोलनको क्रममा आज (सोमबार) दमक बहुमुखी क्याम्पस प्रशासन कक्षबाट विद्यार्थीहरुले कालो झण्डा प्रदर्शन गरेका थिए । कालो झण्डासहित विद्यार्थीहरुले क्याम्पस प्रमुखको राजीनामाको माग गर्दै नाराबाजी समेत गरेका अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटी अध्यक्ष आयुष्मान पोख्रेलले जानकारी दिए ।

विद्यार्थी नेताहरुले विभिन्न पर्चा र प्लेकार्डसहित नाराबाजी गर्दै कोणसभाको आयोजना गरेका थिए ।

सो कोणसभालाई नेकपा (एकीकृत समाजवादी) का युवा नेता तथा दमक बहुमुखी क्याम्पसका स्ववियू कार्यवहाक सभापति रोशन भण्डारीले विद्यार्थीहरुको आन्दोलनलाई कमजोर नठान्न क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई आग्रह गरे ।

नेता भण्डारीले विद्यार्थीहरुले कोरोना संक्रमणको समयमा पनि अढाई वर्षदेखि वितरण हुन नसकेको शैक्षिक छात्रवृति, आदीवासी जनजाति विद्यार्थीहरुले पाउनुपर्ने कोषको रकम दुरुपयोग लगायत विद्यार्थीहरुले पाउने सेवा र सुविधाको निम्ति आफ्ना मागहरु गरिरहदाँ क्याम्पस प्रशासनले वेबास्ता गरिनु दुःखद भएको बताए ।

सो कोणसभामा राप्रविसंघ दमक बहुमुखी क्याम्पस कमिटीका नेता तथा दमक नगर कोषाध्क्ष बिपिन अधिकारी, अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीका सहसचिव अब्जल सिटौला लगायतले सम्बोधन गरेका थिए ।

सो कार्यक्रमको सञ्चालन अनेरास्ववियू झापाका सचिव एबम् अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीका उपाध्यक्ष युनिष थापाले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *