काठमाडौँ, ११ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म गर्न सकिने संवैधानिक र कानूनी सुविधा सत्ता गठबन्धनलाई रहेको बताएका छन् ।

मंगलबार रामेछाप जिल्लाका विभिन्न पार्टीका युवालाई नेकपा एसमा प्रवेश गराउदै अध्यक्ष नेपालले २०७९ चैतसम्म स्थानीय तहको चुनाव गराउन सकिने बताएका हुन् । यद्यपि आउने मंसिरभित्र तीनै तहको चुनाव गराउने छलफल गठबन्धनमा भइरहेको उनको भनाई छ ।

अध्यक्ष नेपालले पाँच दल मिलेरै चुनावमा जाने पनि दाबी गरे । उनले भने, ‘असोज, कात्तिक मंसिर महिनामा केन्द्रको चुनाव, प्रदशको चुनाव र स्थानीय चुनावमा जानेछौं ।’

अहिले एमालेको वितण्डाको अर्थ नरहेको उनको भनाई छ । उनले भने, ‘संविधानमा गाउँसभा र नगरसभाको चुनाव सम्पन्न भएको ५ वर्ष पुगेको ६ महिनाभित्र अर्को चुनाव गराउने व्यवस्था छ । एमालेको वितण्डको काम छैन ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *