झापा, ११ माघ–भोलि बुधबार राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । जसका लागि प्रदेश नं। १ अन्तरगत झापाका चार जना उम्मेदवार बनेका छन् ।

गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत, राप्रपाबाट अम्बरबहादुर विष्ट, एमालेबाट सुमित्रा भण्डारी र राप्रपाबाटै रञ्जु प्याकुरेल चुनावी मैदानमा छन् ।

निर्वाचनका लागि आयोगले प्रदेश निर्वाचन कार्यालय विराटनगर–१० र वाली संरक्षण प्रयोगशाला विराटनगर–१० मा गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए । मतदान बिहान ९ बजेदेखि ३ बजेसम्म हुने कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई उम्मेदवार रहेका छन् ।

त्यस्तै, एमालेबाट गुरु बराल (मोरङ), महिलातर्फ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर), अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवार रहेका छन् ।

राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ ।

भोलि नै (माघ १२ गते) मतगणना गरी सोही दिन विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *