दमक, १२ माघ–दमक बहुमुखी क्याम्पसका विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई माघ ४ गते मंगलबार १० बुदे मागहरु राखेका थिए ।

तिन दिनभित्र आफ्ना मागहरु पुरा गरिनुपर्ने भन्दै नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू, राष्ट्रिय प्रजातन्त्र पार्टी सम्बद्ध राप्रविसंघ र नेकपा सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी) ले क्याम्पस प्रशासन र क्याम्पस सञ्चालक समितिलाई संयुृक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए ।

तिन दिनसम्म आफ्ना मागहरु पुरा नभएपछि विद्यार्थी संगठनहरुले ७ माघ (शुक्रबार) देखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । उनिहरुले प्रेष विज्ञप्ती प्रकाशन गर्र्दै १२ माघ (बुधबार) सम्मका चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका थिए ।

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियू दमक बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष आयुष्मान पोख्रेलका अनुसार ७ गतेबाट सुरु भएको चरणबद्ध आन्दोलनका कार्यक्रमहरु आज १२ गते पुरा हुदैछ । उनल क्याम्पसमा आन्दोलनरत विद्यार्थी संगठनको आज संयुृक्त बैठकद्वारा नयाँ आन्दोलनका कार्यक्रमहरु तयारी गर्ने जानकारी गराए ।

मंगलबार सम्पन्न आन्दोलनको क्रममा विद्यार्थी संगठनद्वारा १–१ रुपैया संकलन गरेर क्याम्पस लेखा प्रशासनलाई बुझाइएको छ । त्यस्तैं, उनिहरुले क्याम्पस प्रशसनको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् ।

सो क्रममा दमक बहुमुखी क्याम्पसका स्ववियू सचिव एबम् कार्यवहाक स्ववियू सभापति रोशन भण्डारी र स्ववियू कोषाध्यक्ष एबम् राप्रविसंघका नेता शुनिल धिमालले सम्बोधन गरेका थिए । उनिहरुले विद्यार्थीका जायज मागहरुप्रति क्याम्पस प्रशासन जिम्मेवारीका साथ नलागेको आरोप लगाएका छन् ।

सम्बोधनको क्रममा उनिहरुले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले पाउने सेवा सुविधा र क्याम्पस प्रशासनको अराजक प्रवृतिबाट उत्पन्न समस्याले झनै ठूलो बिकराल समस्या उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अनेरास्ववियू दमक बहुमुखी क्याम्पस इकाई कमिटीका उपाध्यक्ष एबम् जिल्ला कमिटी झापाका सचिव युनिष थापाले गरेका थिए ।

इमान्दार, जेहेन्दार तथा गरिव विद्यार्थीहरुले पाउने १५ प्रतिशत छात्रबृति क्याम्पस प्रशासनको चरम लापारवारीले दुईवर्षदेखि वितरण हुन नसकेको र विभिन्न संकायहरुको छात्रबृति तत्काल बितरण गरिनुपर्ने माग गरेको छ ।

१० वर्ष अघि स्थापना भएको आदिवासी जनजाती छात्रबृति कोष वितरण गर्नलाई अन्तरवार्तासमेत गरिएको र अन्तिम नामवली छनौट गरेर क्याम्पस प्रशासनले वितरण कार्य नगरेकोले सो तत्काल वितरण गरिनुपर्ने माग छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई आवत जावत गर्न यातायातामा भोग्नुपरेको समस्या र यातायात व्यवसायीहरु बिरुद्ध आन्दोलन भएको घट्ना क्याम्पस प्रशासनलाई अवगत नै छ । तर, क्याम्पस प्रशासनमा रहेको एक थान यातायातका साधन र थप आवश्यक सवारी साधन थप गरेर विद्यार्थीहरुको समस्यालाई समाधान गर्न विद्यार्थी संगठनले माग गरेको छ ।

विद्यार्थी कल्याण कोषमा भएको रकम क्याम्पस प्रशासनले घाटामा देखाई क्याम्पस सञ्चालक समितिले लिएको ऋण र ब्याज तत्काल विद्यार्थी कल्याण कोषमा जम्मा गरिनुपर्ने माग गरिएको छ ।

क्याम्पस प्रमुखले आफ्नो कार्यभारमा रहिरहँदा अनिबार्य रुपमा न्यूनतम १ पिरियर्ड कक्षा भार उठाउनुपर्ने व्यबस्था हुदाँहुदै दुई बर्षदेखि कक्षा भार नलिएको र जसको कारण क्याम्पस प्रशासनलाई आर्थिक भार भएको भन्दै राजिनामाको माग समेत गरेको छ ।

त्यस्तैं, क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि व्यवस्थित चेन्जिङ रुपको व्यवस्था गरिनुपर्ने लगायतका १० बुदे माग गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *