काठमाडौं, १२ माघ–नेपालको जनसंख्या वृद्धिदर इतिहासमै पहिलो पटक जनसंख्या १ प्रतिशत भन्दा कम देखिएको छ ।

२०७८ सालको जनगणनाको नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले जनाए अनुसार पछिल्ललो दशक(२०६८/२०७८) मा नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत पुगेको छ । यसका अधारमा एक दशकमा नेपालमा करिब २७ लाख मानिस थपिएका छन् ।

जनसंख्याविद्धहरुका अनुसार सरकारले अब जनसंख्या घटाउने प्रकारका कार्यक्रमहरुमा पुनर्विचार गर्दा हुन्छ ।

जनसंख्या वृद्धि नेपालको समस्याको रुपमा अब नरहेको उनीहरुको तर्क छ । अघिल्लो जनगणनामा जनसंख्या वृद्धिदर १.३ प्रतिशत थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *