काठमाडौं, १३ माघ–पछिल्लो २४ घण्टामा देशभर ८ हजार १७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

२१ हजार ८०८ नमुनामा परीक्षण गर्दा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज पाँच हजार २९२ जना संक्रमणमुक्त भएका छन् योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ । आज १५ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *