धरमपुर, १५ माघ–धरमपुर बजार व्यवस्थापन समितिको धरमपुर चौकमा आज बिहान सम्पन्न बैठकले तिन जना व्यवसायीहरुलाई बजार व्यवस्थापन समितिको सदस्यमा नियुक्ती गरेको छ ।
धरमपुर बजार व्यवस्थापन समितिका सदस्य पदमा नियुक्ती हुनेहरुमा धरमपुर पेशा व्यवसायी संघका अध्यक्ष समेत रहनुभएका फर्निचर व्यवसायी पेमा (लामा) तामाङ, मिनी डिर्पाटमेन्ट सञ्चालक एबम् साहित्यकार निहाङ किराती र ओप्पा क्याफे एण्ड गेष्ट हाउसका संचालक शुक्रराज नेम्बाङ छन् ।
शिबसताक्षी–१ धरमपुर चौकमा प्रत्येक साताको बुधबार साप्ताहिक हाँट बजार लाग्ने गर्दछ । धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीको अध्यक्षताम सम्पन्न बैठकले १५ जना बजार व्यवस्थापन समितिलाई १८ सदस्यीय बनाएको हो । धरमपुर बजारको उचित व्यवस्थापन र बजारको प्रवर्दनसहित बिकासमा स्थानीयवासी, सामाजिक, राजनीतिक, संघसंस्था र व्यवसायी लगायत सम्पूर्णबाट साथ र सहयोगको आशा व्यक्त गर्नुभयो ।
त्यस्तैं, बजार व्यवस्थापन समितिले थप १३ वटा टहरा निर्माण गर्ने, बजारमा आउने व्यवसायीहरुलाई व्यवस्थित गर्न साग, सब्जि, रेडिमेड कपडा, थान कपडा, जुट्ट चप्पल, प्लाष्टिक, फलाम सम्बन्धी बिभिन्न बस्तुगततर्फ अलग–अलग बजारीकरण गर्ने, भिटौरी शुल्कतर्फ रु ८० र ५० संकलन गरिने लगायतका बिषयमा छलफल गर्दै निर्णय गरेको समितिका सहसचिव दुर्गा चेम्जोङले जानकारी दिनुभएको छ ।
बैठकले बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा र बजारमा हुने आगोलागी जस्ता सम्भावित दुर्घट्नालाई नियन्त्रण गर्न फायर ग्यास जस्ता उपकरणहरु वडा कार्यालय र नगरपालिकाको कार्यालयसँग माग समेत गर्ने निर्णय भएको बजार व्यवस्थापन समितिका सचिव मोहन सेनचुउरीले जानकारी दिनुभयो ।
बैठकमा बजार व्यवस्थापन समितिका सल्लाहकार संयोजक चन्द्रवीर नेम्बाङ, नारायण थापा, माधब भण्डारी, चन्द्र खड्का, पत्रकार अनिलदेब राई लगायत बजार व्यवस्थापन समितिका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिती रहेको बजार व्यवस्थापन समितिका उपाध्यक्ष केडी रिजालले जानकारी दिनुभयो ।


