धरान, १५ माघ–धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको बृद्धा महिलाको मृत्यु भएको छ ।
सुनसरीको धरान–९ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलले जानकारी दिए ।
१४ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनको १५ गते बिहान १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालको भनाइ छ ।
कोरोनाविरुद्धको खोप लगाएका उनमा डाइबिटिजको रोग पनि रहेको थियो । उनको शवको व्यवस्थापन नियमानुसार गरिने पोखरेलले बताएका छन् ।
