दमक, १५ माघ–झापाको दमक नगरमा छरिएर रहेका गौतम समुदायहरुको संस्था गौतम समाज दमक नगर समितिको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ ।

दमकमा सम्पन्न दोस्रो अधिवेशनले गौतम समाज दमक नगर समितिको आगामी नेतृत्व सर्वसम्मत चयन गरेको छ । सो समितिका अध्यक्षमा दुर्गाप्रसाद गौतम (४५), उपाध्यक्षमा टंकप्रसाद गौतम (४५), सचिवमा ज्ञाननाथ गौतम (४५) र कोषाध्यक्षमा लेखनाथ गौतम (४५) चयन भएका छन् ।

त्यस्तैं, समितिका सदस्यहरुमा गणेश प्रसाद (जिपी) गौतम, मुक्ति गौतम (४६), हेमराज गौतम (४७), यमुना गौतम (४६), हरेराम गौतम (४७), सन्तोष गौतम (४६) छन् ।

गौतम समाज झापाका उपाध्यक्ष नितिरमण गौतमको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *