धरमपुर (शिबसताक्षी), १५ माघ–झापाको शिबसताक्षी–२ कमल खोलास्थित मितेरी पुल नजिकैको सानो जङ्गलमा शनिबार नेकपा (माओवादी केन्द्र) सम्बद्ध योङ कम्युनिष्ट लिग नेपाल (आईसियल) वडा कमिटीले बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
वाईसियल नेपाल वडा कमिटीको आयोजनामा भएको बनभोज कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सम्बद्ध नगर स्तरीय नेता, कार्यकर्ता र शुभेच्छुकहरुको ठूलो सहभागिता रहेको थियो ।
वाईसियल वडा कमिटीका अध्यक्ष राकेश गुरुङका अनुसार कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्न र संक्रमण सम्बन्धी सावाधानी उपनाउदै बनभोज कार्यक्रम सम्पन्न गरिएको हो । बनभोजमा सहभागिहरुलाई अनिबार्य मास्क र सेनिटाइजर प्रयोग गराइएको थियो ।
युवा नेता गुरुङले वाईसियलद्वारा आयोजित मनोरञ्जनसँगै राजनीतिक जाँगर गर्ने उदेश्यले बनभोज कार्यक्रम आयोजना गरिएको हो । वहाँले बनभोज कार्यक्रममा वडाभित्रका युवाहरुको एकता, शसक्तिकरण, विकास निर्माणमा चासो र सक्रियता र आगामी समयमा युवाहरु र अग्रज नेताहरुबीच सहकार्य सम्बन्धी जानकारी गराइएको बताउनुभयो ।
सो बनभोज कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नगर कमिटीका वरिष्ठ उपाध्यक्ष एबम् सतासी साप्ताहिकका प्रधानसम्पादक प्रेम याम्फु राई, नेकपा (माओवादी केन्द्र) शिबसताक्षी-२ का अध्यक्ष भीम नेम्बाङ, नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरका बुद्धिजीबि एबम् युवा नेता राजु दर्नाल, वाईसियल नगर उपाध्यक्ष सन्जिव राई, उपाध्यक्ष जीएन नेयुङ, वाईसियल नगर इन्चार्ज भुवन राई, वाईसियल नगर सदस्य खगेन्द्र कुलुङ राई लगायतको उपस्थिती रहेको वाईसियल वडा कमिटी सचिव काशीनाथ भण्डारीले जानकारी दिनुभयो ।
सो अवसरमा वाईसियलका कार्यकर्ताहरुद्वारा नृत्य र गीत प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए ।



