मेचीनगर, १७ माघ–जंगली हात्तीको आक्रमणबाट झापाको मेचीनगरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१३ चारआलीका ७१ बर्षीय खम्बासिंह कार्की रहेका छन् ।
आज बिहान कार्कीको घरमै अन्न खान आएका हात्ती धपाउने क्रममा उनलाई हात्तीले कुल्चिँदा गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
