धरान, १८ माघ–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोभिड–१९ सङ्क्रमितको सोमबार राति मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा। चुडामणि पोखरेलका अनुसार धरान–८ निवासी ५२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
गत माघ १६ गते पीसीआरबाट कोरोना सङ्क्रमण पुष्टि भएपछि ती महिला १७ गते अस्पताल र्भा भएकी थिइन् ।
पोखरेलका अनुसार उनले कोरोनाविरुद्धको खोप पनि लगाएकी थिइन् । तर उनी मिगौंलासम्बन्धी रोग तथा मधुमेहको समस्याबाट पीडित थिइन् ।
उनको शवको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
