दमक, १९ माघ–विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १० स्थित इन्द्रेणी ताल परिषसरमा वृक्षरोपण सहित सिमसार दिवसको महत्वमाथि चर्चा गरिएको छ ।
दमक नगर पालिकाको सहयोग तथा इन्द्रेणी ताल सिमसार निर्माण तथा रेखदेख समितिको आयोजनामा दिवसमा वृक्षरोपण गर्नुका साथै अन्तरकृया गरि दिवस मनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका दमक नगर प्रमुख रोमनाथ ओलीले सिमसार संरक्षण गर्न चुनौती बन्दै गएकोमा सरोकारवालाहरु गंभीर बन्नु पर्ने जोड दिए ।
समितिका अध्यक्ष गोपाल राईको अध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख गीता अधिकारी, इन्जिनिएर अनन्त सेनेहाङ, वातावरण इन्जिनियर ज्ञानेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा ताल परिसरमा धुपी र कपुरका बिरुवा समेत रोपिएको थियो ।
