काठमाडौँ, १९ माघ–नेकपा (एमाले) का महासचिव शंकर पोखरेले एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको जनाएका छन् ।
पोखरेलले आफ्नो फेसबुक मार्फत भनेका छन्– ‘राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि वढ्दा एमालेको वढ्दो शक्ति र लोकपृयतालाई रोक्न बनेको हो पाँच दलिय गठवन्धन ।’
उनले अब हुने तीनतहको चुनावसंगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउ नयाँ जनादेशले लिने जनाएका छन् । चुनावमा जनता जनार्दन नै न्यायाधिस हुने कुरा बताए ।
साथै, ‘एजेण्डा विहिन गठवन्धनले होइन, देश र जनताका पक्षको एजेण्डावाट नै चुनाव जित्ने हो । अव सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त वोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’ उनले उल्लेख गरे ।
