दमक, १९ माघ–दमकस्थित कदम थिएटरमा बुधबार साँझ रचना बाचन कार्यक्रम सम्पन्न भएको छ । नयाँ र पुराना सर्जकहरुबीच आ–आफ्ना रचनाहरु वाचन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

नाट्यक्षेत्रका कलाकार तथा निर्देशक सिजन दाहालको संयोजनमा आयोजित रचना बाचन कार्यक्रममा कवि सपना लिम्बूले ‘सम्झाना’  शिर्षकमा कविता सुनाईन् । त्यस्तैं, कवि प्रकाश शर्मा अधिकारीले ‘जादु’ शिर्षकमा कविता सुनाए ।

यता, दमकमा पुराना गजलकार मौसम बरालले गजल सुनाए । उनको गजल यस्तो थियोः झरेर आकाशबाट केशमा एकैछिन अल्झिन मन छ………
गजलकार बरालले दुईवटा गजल बाचन गरे ।

रचना बाचनलाई संगीत मार्फत प्रस्तुत गरिएको थियो । संगीत सृजनामा बाँसुरीतर्फ सुजन भण्डारी र गितारतर्फ याङसाम मुकारुङ राईले साथ दिएका थिए । त्यस्तैं, रचना बाचनलाई नबीन खेवाङले क्यामेरामा खिचेका थिए ।

कार्यक्रममा कदम थिएटरका सल्लाहकार तथा दमकका सामाजिक अगुवा गोविन्दराज कट्टेल, सल्लाहकार तथा नेकपा (एकीकृत समाजवादी) का नगर अध्यक्ष महेश घिमिरे, सल्लाहकार तथा नेकपा (माओवादी केन्द्र) दमक नगर इन्चार्ज बेदु गौतम, कार्यक्रम संयोजक तथा नेकपा (एमाले) दमक नगर सहसचिव सन्तोष दुलालको सहभागिा थियो ।

दमकमा रहेर नेपाली साहित्य, कला र संगीतमा सिक्ने र सिकाउनेहरु सर्जकबीच पाठशालाको बिकास गर्न कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष दुलालले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *