गोबिन ल्वागुन/शिबसताक्षी, १९ माघ–तामाङ समुदायले आज बुधबार देशभरि सोनाम ल्होसार बिबिध कार्यक्रम गरि मनाएका छन । हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा तामाङ समुदायले नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउने गदर्छन् ।

सोही अनुरुप झापाको शिबसताक्षीमा पनि धुमधामका साथ सोनाम ल्योासार पर्ब मनाईएको छ । शिबसताक्षी ११ झिलझिलेस्थीत टासी धार्गेलिङ बौद्ध गुम्बा परिसरमा नगरस्तरिय सोनाम ल्योसार पर्ब मनाइएको हो ।

तामङ पहिचान र ताम्सालिङ प्राप्तीको लागि तामङ एकता भन्ने मुल नाराका साथ मनाइएको उक्त कर्यक्रममा एक आपसमा शुभकामना साटासाट गरि मनाएका हुन । बहु भाषिक बहु साँस्कृतिक बहु पहिचान भएको हाम्रो राष्ट्रमा तामाङ समुदायको पनि छुटै अस्तित्व र पहिचान रहि आएको छ । मौलिक गरगहना र पहिरनमा सजिएर कार्यक्रम स्थलमा उपस्थीत तामाङ समुदायहरुले कार्यक्रमको रौनक बढाएका थिए ।

सो अवसरमा मौलिक परिकार समेत प्रसादको रुपमा सहभागि तथा अतिथिहरुलाई बितरण गरिएको थियो ।

कार्यक्रमा इतिहासकार तेजबहाुर तामाङले तामाङ समुदायको इतिहास धर्म संसकार र सोनाम पर्बको महत्व बारे प्रकाश परेका थिए । त्यसैगरि नेपाल तामाङ घेदुङ संघ प्रदेश १ का सदस्य जसकुमार तामाङले आफ्नो मौलिक संस्कृतिको सबैलै संरक्षण र प्रर्बधन गर्नु पर्नेमा जोड दिए । उनले तमाङ समुदय देशभर छरिएर रहेको हुनाले आफ्नो हकहितको लागी पनि सदैब एक हुनु आवश्यक रहेको छ भने स्थानीय सरकारले पनि सबै जातजाती भाषाभाषीहरुको संरक्षणमा सहयोग गर्नु पर्ने बताए ।

कोरोना भाइरसको संक्रमणको कारण स्वास्थ्य मापदण्ड पालना गर्दै गरिएको कार्यक्रममा जिल्ला समनन्वय समिति सदस्य जुनु मोहरा वडा सदस्य प्रेम भुजेल ,आदिबासी जनजाती महासंग ८ नम्बरका सचिब सन्दिप शेर्मा सतासी प्रेश क्लबका अध्यक्ष सेलिङ केसी लगायतले शुभकामना मन्तब्य बेलेको थिए । नेपाल तामाङ घेदुङ शिबसताक्षी नगरका अध्यक्ष बमप्रसाद तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नबिन मोक्तानले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन सचिब बलीराम तामाङले गरेका थिए ।

कोरोना कहरका बाबजुत पहिलो पटक नगर स्तरिय मनाइएको यो पर्बलाई आगमी बर्षमा राष्ट्रिय कलाकारको साथमा भब्यताका साथ मनाउने योजाना रहेको कार्यक्रमका बताइएको छ ।

सोनाम लोसार किन मनाइन्छ ?

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५८ औँ वर्ष सुरु भएको छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुन्छ । एसियाका अन्य कतिपय समुदायका क्यालेण्डरले जस्तै यो समुदायको क्यालेण्डरले पनि हरेक नयाँ वर्षलाई एउटा जीव जनावरको नाम दिने गरेको छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ किसिमका वर्ष हुन्छन् । तामाङ, गुरुङ,शेर्पा लगायत भाषामा ल्हो भनेको वर्ष र सार भनेको फेरिनु हो । ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको मानिन्छ ।

२८५७ वर्ष अघि मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट मञ्जुश्री संवत् सुरु भएको मान्दै ल्होछार मनाउन थालिएको जनविश्वास छ । नेपालका विभिन्न समुदायले फरक–फरक क्यालेण्डर मान्दै आएका छन् । सोनाम तथा ग्याल्बो ल्होसार, तमु ल्होसार लगायत ल्होसार पनि विभिन्न तिथिमा मनाउने गरिन्छ ।

सरकारले आज बुधबार देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय मंगलबार नै गरेको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *