उदयपुर, २० माघ–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का एबम् पूर्व प्रधानमन्त्री अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले देश निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् ।
उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज बिहीवार आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमानदार कम्युनिस्ट समर्पित रहेकाले उनीहरूसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए । क्रान्तिकारी बाटोबाट विचलित भएको नेकपा ९एमाले०परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर चलेको उनको भनाइ थियो ।
अध्यक्ष नेपालले भने, ‘हामीसँग प्रतिगमनका विरुद्ध लड्ने गतिशिलता छ, नदीको प्रवाहलाई पछाडि धकेल्न कसैले सक्दैन ।’ पूर्वप्रधानमन्त्री नेपालले एमालेलगायत विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर चलेको उल्लेख गर्दै नवप्रवेशीलाई उचित जिम्मेवारी दिइने बताए ।
