डिकेन्द्र बस्नेत/झापा (दमक), २० माघ–गायक प्रेम गुरुङ र गायिका हिरा थापाको स्वरमा रहेको आकाश जुनको साथी गीत बुधबार सार्वजनिक भएको छ ।
प्रबिन अफिसियलको दशौ साँगीतिक कोशेली आकाश जुनको साथी गीतलाई दिपा मंग्राती (स्पन्दन) ले लेख्नुभएको हो । गीतमा प्रविन गुरुङले संगीत भर्नुभएको छ।
जस्केलो क्रियसनले निकालेको म्युजिक भिडियोमा मनोज साङसोनले एरेन्ज गरेका छन । उक्त गीत प्रबिन अफिसियलको युटुयव च्यानलमा बुधबार सार्वजनिक गरिएको थियोे ।
नव गायिका हिरा थापाको पहिलो साँगीतिक कोशेली उक्त गीत पुर्वेली लोक भाकामा रहेको छ ।
