दमक, २० माघ–झापाको दमक–३ बेलडाँगीस्थित हंसे दुम्से सामुदायिक बनको शनिबार निर्वाचन हुने भएको छ । यस पटक बनको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेले संयुक्त रुपमा प्यानलै उम्मेद्वार तयारी गरेको छ भने राष्ट्रिय पजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजबादी) र संघीय लिम्बुवान प्रान्तीय मंच नेपालले संयुक्त रुपमा प्यानलै उम्मेद्वारी घोषणा गरेको छ ।
काँग्रेस–एमाले प्यानलबाट एमालेका चन्द्र प्रसाद गुरागाई अध्यक्षमा र राप्रपा, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), संघीय लिम्बूवान मञ्च नेपालको संयुक्त गठबन्धनबाट राप्रपाका विजय बरालले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
यस्तै, उपाध्यक्षमा काँग्रेस–एमाले प्यानलबाट पदम लिम्बु र राप्रपा, माओवादी, एकीकृत समाजवादी, लिम्बूवान, जसपा प्यानलबाट नन्दी दंगालले उम्मेद्वारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यसैगरी सचीवमा कांग्रेस–एमाले प्यानलबाट लता चापागाँई र राप्रपा, माओवादी, एकीकृत समाजवादी, जसपा र लिम्बूवान प्यानलबाट डिल्लिमाया पाठकले उम्मेदारी दिएका छन् । कोषाध्यक्षपदमा कांग्रेस–एमाले प्यानलबाट पुरन अधिकारी ‘पवन’ छन् भने अर्को समुहबाट किरण कुमार भट्टराई र स्वतन्त्र भन्दै माओवादीका नरहरी दाहाल बाघी उम्मेद्वारी समेत दिएका छन् ।
यस्तै, सहसचीवमा माओवादी, राप्रपा, एकीकृत समाजवादी, जसपा र लिम्बूवान प्यानलबाट सुष्मा अधिकारी र काँग्रेस–एमाले प्यानलबाट सोम ढुङगानाले उम्मेद्वारी दिएका छन् । यस्तै सदस्यहरु २० जना सदस्यहरुको पदमा ५६ जना जनाले मनोनयन दर्ता गरेको कार्यालयका सचीव भोजकुमार भण्डारीले जानकारी दिनु भयो ।
यसैबीच, सामुदायीक बनमा ४ जना सदस्यहरु भने सर्वसम्मतिबाट चयन भईसकेका छन् । सर्वसम्मतबाट चयन भएकाहरु मध्ये वडा १ बाट नन्दप्रसाद घिमिरे, वडा नं २ बाट जनजाति महिला कोटाबाट कल्पना राई, वडा ३ व्लक नं ६ बाट विष्णु धिमाल र वडा ३ व्लक नं ७ बाट महिला कोटामा मालती गिरी सर्वसम्मतीबाट चयन हुन् ।
ढुकुरपानी माविका प्रधानाध्यपक कृष्ण भण्डारीको संयोजक रहेको निर्वाचन मण्डलले आज उम्मेद्वारीको दावी विरोध गर्ने समय दिएको थियो ।
६ सय १७ हेक्टर क्षेत्रफलमा रहेको हंसेदुम्से
सामुदायिक बनमा व्लक नम्बर १ देखि ७ सम्मबाट परिषद सदस्य १५९ जना परिषद सदस्य यसअघि राजनैतिक भागबण्डाबाट चयन भएका छन् । दल र उपभोक्ताबाट निर्वाचन गरेर परिषद सदस्य छान्ने विधानमा उल्लेख्य भए पनि राजनैतिक भागबण्डाबाटै परिषद सदस्यहरु छनौट गरिँदै आएको छ ।
पटक पटक उपभोक्ताबाट निर्वाचन गरेर बनमा राजनीतिकरण हुनु हुँदैन भन्दै आए पनि राजनैतिक दलहरुले उपभोक्ताको मागलाई पुरा हुन नदिएको बनमा अगुवा सदस्यहरुले बताउँदै आएका छन् ।
परिषद सदस्य बन क्षेत्रको भूगोलमो प्रभाव हेरेर कति सदस्य छान्ने भन्ने निर्धारण गरिएको छ । परिषद सदस्यहरु व्लक नम्बर १ र २ बाट १०र१० जना, ३ नम्बर व्लकमा ४० जना, ४ मा १९ जना, ५ मा ४० जना तथा ६ र ७ मा २०र२० जना सर्वसम्मतरुपमा राजनैतिक भागभण्डाबाट छनौट भएका छन् ।
