शिबगञ्ज, २१ माघ–झापा शिबगञ्जका कृषकहरुलाई मकै खेतीतर्फ प्रोत्साहन गर्न शिबसताक्षी–६ वडा कार्यालयले आज उन्नत जातका मकैको बीऊ बितरण गरेको छ ।

वडा कार्यालयले वडाभित्रका तिन सय बढी कृषकहरुलाई पाँच सय केजी उन्नत जातका मकैको बीउ बितरण गरिएको वडा अध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिनुभयो । वडाध्यक्ष कार्कीका अनुसार शुक्रबार शिबगञ्जस्थित वडा कार्यालयमा आज एक कार्यक्रमबीच मकैको बीऊ बितरण गरिएको हो ।

वडा अध्यक्ष कार्कीले मकै खेतीका लागि झापाका माटो उर्वर छ तर पछिल्लो समय झापामा मकै खेती गर्न छाड्दै गएको कारण वडा कार्यालयले शिबगञ्जका किसानहरुलाई प्रोत्साहन गर्न मकैको बीऊ बितरण गरिएको बताए । अध्यक्ष कार्कीका अनुसार यसअघि वडा कर्यालयले कृषकहरुलाई स्प्रे मेसिन ट्याङकी बितरण, कृषि सम्बन्धी तालिम, गोष्ठी, र मल, बीउ बिजनहरु बितरण गरिएको छ ।

मकैको बितरण कार्यक्रममा वडा सदस्य लक्ष्मीप्रसाद गुरागाई, बद्रीनाथ खनाल, उषादेबि र नरमाया परियारको सहभागिता थियो । सो अवसरमा वडा सचिव बिमल बास्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *