शिबगञ्ज, २२ माघ–झापाको शिबसताक्षी–६ शिबगञ्जमा बसोबास गर्नुहुने फरक क्षमताका अपाङगता महिला, बिपन्न र अल्पसंख्यक महिलाहरुका लागि स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ ।
अपाङगता सम्बन्धीको हक-अधिकारमा सक्रिय अभियान्ता सन्तोष भट्टराईको पहल र काठमाण्डौंमा व्यवसाय गर्नुहुने शिबगञ्जवासी शिरोमणी (दिनेश) पौडेलको आर्थिक सहयोगमा उनिहरुलाई मास्क, सेनिटाइजर र ढाँड दुखाईको समयमा प्रयोग गरिने बेल्ट प्रदान गरिएको हो ।
सो सामाग्रीहरु उपाङगता भएका घरघरैमा पुगेर बितरण गरिएको सामाजिक अभियान्ता सन्तोष भट्टराईले जानकारी दिनुभयो । सामाग्री बितरणमा शिबसताक्षी–६ का वडा अध्यक्ष एबम् नेपाली कांग्रेस शिबसताक्षी नगरका युवा नेता मनोज खुलाल कार्की, बुद्धिजीबि एबम् ब्यावसन प्रदेश उपाध्यक्ष मिलन ढंगाना, शिबगञ्जका व्यवासयी नबीन तिम्सिना लगायतको सहभागिता रहेको अभियान्ता भट्टराईले बताउनुभयो ।
सामाग्री सहयोग गर्नुहुने दाता पौडेलले यसअघि पनि शिबगञ्जमा कोरोना महामारीको समयमा संक्रमण न्यूनिकरण र नियन्त्रण गर्न वडा कार्यालय र स्थानीय प्रहरी कार्यालयसँगको समन्वयसमा स्वास्थ्य सामाग्रीहरु बितरण गरिसक्नुभएको छ । शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका पूर्व विद्यार्थी पौडेलले सरस्वती मन्दिर निर्माणमा आर्थिक सहयोग समेत गर्नुभएको छ ।

