धरमपुर (शिबसताक्षी), २३ माघ–दाताले दिएको जग्गामा स्थानीयहरुको भेलाले दुर्गा मन्दिर निर्माण गर्न सामुहिक प्रयास गरे । मन्दिर निर्माणका लागि आर्थिक संकलन गर्न एक मात्र गतिलो माध्यम र स्रोत होः पुराण ।
मन्दिर निर्माणका लागि दुई–तीनवर्ष अघि पुराण आयोजना पनि गरे । सप्ताहव्यापी पुराणबाट संकलित रुपैयाबाट दाताले दिएको जग्गामा दुर्गा मन्दिर निर्माणकार्य सुरुवात गरे ।
२०७१ सालमा निर्माणकार्य सुरु भएको मन्दिर अहिलेसम्म पूर्ण हुन सकेको छैन् । ६ महिनादेखि मन्दिर सञ्चालनका लागि गठन भएको समिति विह्रीन बनेको छ । समिति नै नभएपछि मन्दिरले बिभिन्न समयमा गतिविधिहरु सञ्चालन गर्न सकेको छैन् ।
मन्दिर निर्माण समितिले आ–आफ्नो अनेकौ प्रयासपछि मन्दिरसहित सत्संग कक्ष अर्थात भजन कृतनका लागि व्यवस्थित एउटा हल पनि बनाए । तर, सो मन्दिर र सभाहलले अझैसम्म पूर्णता पाएको छैन् ।
यी माथिका प्रसङ्ग होः झापाको शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी टोलमा निर्माणधिन दुर्गा मन्दिर । स्वर्गश्रम नेपालको ५३औं शाखाको रुपमा मन्दिर हो, मन्दिर निर्माण समितिका निर्वतमान अध्यक्ष चन्द्रप्रसाद कडेल भन्नुहुन्छ । कडेलका अनुसार स्थानीय पुष्पलाल भट्टराईको परिवारबाट १५ धुर र भद्रबहादुर कार्कीले ६ धुर जमिन उपलब्ध गराएपछि २१ धुर जमिनमा मन्दिर, सभाहल, सौचालय, स्ट्रोर रुम अनि फूलबारीसहित आँगन निर्माण गर्ने लक्ष्य राखिएको हो । ४० फूट लम्बाई र १६ फूट चौढाईको सभाहल निर्माणभएपछि मन्दिरमा भजन–कृतन गर्न र स्थानीयवासीले बिभिन्न भेला वा बैठक बस्न सहज हुने छ ।
हालः मन्दिर निर्माण समिति भंग गरिएको छ, कडेलले भन्नुभयो । समितिका पदाधिकारी र समितिका सदस्यहरुबाट जिम्मेवारी अनुसारको भूमिका देखाउन नसक्दा समिति भंंग गरे । वहाँका अनुसार तीन बर्ष तीन महिना २१ दिन मन्दिर समितिमा अध्यक्षको जिम्मेवारी र भूमिकासहित नेतृत्व गरे ।

कडेलले दुर्गा मन्दिर निर्माणको क्रममा धार्मीक व्यात्तित्व प्रेमप्रकाश फलारी, नन्दकिशोर भारद्धज, स्वार्गश्रम नेपालका विभिन्न व्याक्तित्वहरुको आगमन भएको बताउनुभयो ।
यता, निर्माणधिन मन्दिरको पछिल्लो अवस्थाप्रति चासो र चिन्ता बढ्दै गएको छ । यसैबीच, धरमपुरस्थित चौकमा व्यवसायसँगै सामाजिक संघसंस्थाम सक्रिय लीलाबहादुर जोशी र वहाँका भाई गोपालचन्द्र जोशीका माता फूलमाया र पिता हिरालाल जोशीले उक्त मन्दिर निर्माणमा चासो र चिन्ता गर्नुभएको छ । पिता हिरालाल जोशीले दिवंगत आफ्ना बुबा डिल्लीमान र आमा धनमायाको स्मृतिमा र सरकारबाट पाएको सामाजिक सुरक्षा भत्तावापतको एकमुष्ठ रुपैया मन्दिर निर्माणमा खर्चिने योजना बनाउनुभएको छ ।
मठ–मन्दिर निर्माण, परोपकार सेवा, धर्मकर्म र संस्कार अनि संस्कृतिप्रति हुरुक्क हुनुहुने दिवंगत हजुरबुबा डिल्लीमान जोशीको ८५ बर्षको उमेरमा धरानमा निधन भएको नाती लीलाबहादुर जोशीले बताउनुभयो । लीलाबहादुरका अनुसार हजुरआमा धनमाया १०३ बर्षको उमेरमा निधन भएको हो । हजुरबुबा र हजुरआमाप्रति सम्मान दर्शाउदै बुबा हिरालाल र आमा फूलमाया जोशीले दुर्गा मन्दिर निर्माणमा सहयोग गर्ने इच्छा राख्नुभएको हो ।
धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका व्यवसायी लीलाबहादुर जोशीले मन्दिर निर्माणमा आर्थिक समस्यासँगै अलपत्र अवस्थामा रहेको कारण बुबा र आमाले चासो र चिन्ता लिनुभएको बताउनुभयो ।
मन्दिरको मुल ढोकालाई व्यवस्थित गर्न, मन्दिर भित्र र बाहिर रंगरोगन गर्न, सभा हल प्लाष्टर गर्न, मन्दिर र सभा हलबीच खाली रहेको भाग, जस्तापातालाई मर्मत गर्न र प्राविधिकतर्फको एक मुष्ठ अनुमानित खर्च रु ८० हजार खर्च जोशी परिवारले गर्ने भएको छ ।
त्यसोत, यसअघि जोशी परिवारको सक्रियतामा रु १ लाख बराबरको खर्च गरिसक्नुभएको छ । मन्दिरमा टायल ओच्छ्याउने, टायल खरिद र फिनिसिङ, मन्दिरभित्र सजिसाजवट, मार्बलका बिभिन्न देबदेवताका तस्विरहरु खरिद र सभाहलको भुई ढलानका शिर्षकमा एक लाख खर्च भइसकेको, व्यवसायी लीलाबहादुर जोशीले जानकारी गराउनुभयो ।
यता, स्थानीयवासी, सरोकारवाला र जोशी परिवारबीच मन्दिर निर्माण समितिलाई पूर्नगठन गर्ने सहमती भएको छ । समितिको अध्यक्षमा निबर्तमान अध्यक्ष कडेललाई जिम्मेवारी दिएर मन्दिर निर्माणमा अलपत्र रहेको कार्यलाई पुरा गरिने भएको छ ।

