गोबिन ल्वागुुन/झिलझिले, २३ माघ–झापा निर्बाचन क्षेत्र ४।१ का प्रदेशसभा सदस्य माननीय झलकबहादुर मगर (झलकसिंह दर्लामी) सन्देश प्रदेश सरकारका कृषि तथा पशुुपंक्षी बिकास मन्त्रीमा नियुुक्ति भएका छन । उनीसहित ८ जना नवनियुक्त मन्त्रिलाई आइतबार बिराटनगस्थित प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहण गराइएको छ ।

झापाको शिबसताक्षी ११ बच्चाबर निवासी झलकसिंह दर्लामीले २०७४ को आमनिर्बाचनमा भारी मत प्राप्त गरि बिजयी बनेका हुन् । शिबसताक्षी नगरबाट पहिलो पटक मन्त्रीमा नियुुक्ती भएकोमा नगरबासी तथा उनका समर्थकहरु हर्षित भएका छन ।

प्रष्ट बक्ता, बिकासप्रेमी नेताको रुपमा छुुटै छबी बनाएका मन्त्री दर्लामीले मतदाताहरुको ढुकढुकीमा बस्न सफल भएका छन । मन्त्री दर्लामीले आफनो निर्बाचन क्षेत्रमा निकै बहुप्रतिष्ठत र नगर गौरबका आयोजनाहरु भित्राउन सफल भएका छन ।

मन्त्री दर्लामीले सतासीधाम–झिलझिले, लालझोडा, हवलदारचौक, होकलबारी सडक कालोपत्रे आयोजना, बिभिन्न खोलाहरुमा पुल निर्माण आयोजना, निर्वाचन क्षेत्रमा सामुदायीक भवन निर्माण आयोजना, डुुडामारी हवलदार चोक सडक कालोपत्रे आयोजना लगायत अन्य बिकासे योजनाहरु भित्राउन सफल भएका छन । कति आयोजनाहरु भने निर्माणधिन अवस्थामा रहेका छन । यी र यस्तै कारणले गर्दा दर्लामी जनता सामु निकै लोकप्रिय नेता र मन्त्रीका रुपमा चिनिन्छन ।

को हुन झलकसिह दार्लामी

झलकसिह दर्लामी मगर २०३२ साल श्रावण १२ गते स्वर्गिय नरबहादुर र माता धनमाया दर्लामीको कोखबाट जेष्ठ पुत्रको रुपमा जन्मिएका हुुन । शिबसताक्षी ७ लालझोडास्थित भानु माध्यमिक बिद्यलयबाट २०४८ सालमा एसएलसी उतिर्ण गरि उच्च शिक्षा अध्यान गर्न धनकुटामा रहेकोे धनकुटा बहुमखी क्यामपसमा भर्ना भई बिएडसम्मको शिक्षा हसिल गरेका छन ।

विद्यार्थी जीवनबाट नै कम्युनिष्ट रााजनीतिलाई आफ्नो आदर्श बनाएका दर्लामी बिद्यार्थी राजनीतिमादेखि सक्रिय थिए ।

२०४८ सालमा कम्युनिस्ट पार्टी प्रवेश गरि पुुर्णकालीन सदस्य भएका उनले २०५२ सालमा नेकपा माओबादी भुुमिगत भएपछि २०५४ सालदेखि २०६२।०६३ सम्म भुुमिगत भई बिभिन्न जिम्मेवारीमा रही पाटीमा योगदान गर्दै आएका थिए ।

२०५९ मा जनमुक्ति सेनाको बटालियन कमिसार भएर काम गरेका दर्लामीले २०६० मा पुर्वि कमाण्ड पार्टी हेड क्वाटरको मुख्य सचिवको जिम्मेवारी समाहलेका थिए ।

त्यसैगरि, २०६२ मा पार्टीको मोरङ जिल्ला सह–ईन्चार्ज भएर काम गरे भने पार्टीको झापा जिल्ला अध्यक्ष, ईन्चार्ज, केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यहुँदै हाल पार्टीको झापा जिल्ला सह–ईन्चार्ज र प्रदेशको प्रमुख सचेतक समेत रहेका छन । तिन छोरा र चार छोरी मध्ये जेठा छोरा दर्लामीको श्रीमती कल्पना कार्की दर्लामी (प्रदेश कमिटि सदस्य) र दुुई छोरीहरु झरना र जेनि रहेका छन ।

यसै बिच आजै मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषि तथा पशपंक्षी बिकास मन्त्रीमा माओवादी केन्द्रका १ नम्बर प्रदेशका प्रमुख सचेतक झलकसिह दर्लामी मगरले पद तथा गोपनियताको शपथ लिएका छन ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सामाजिक विकासमन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरेले शपथ लिएका छन ।

त्यसैगरि कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि

व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च गरी ५ दलीय गठबन्धनको सरकारले आइतबार ७ बाट मन्त्रालयको संख्या १२ पु¥याउने निर्णय गरेको थियो । तर, अहिले अझै एउटा मन्त्रालय थप गरेर मन्त्रालयको संख्या १३ पु¥याएको हो ।

यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका उपनेता हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् । सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी एक मात्र सांसद विष्णु तुम्बाहाम्फे नियुक्त भएका हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *