झिलझिले (शिबसताक्षी), २३ माघ–झापाको शिबसताक्षी–११ दुधे निवासी पत्रकार छबीलाल दवाडीले सताक्षी प्रेस क्लबलाई रु ५० हजार आर्थिक सहयोग गरेका छन । सताक्षी प्रेस क्लबका संस्थापक अध्यक्ष तथा सतासी साप्ताहीक खबर पत्रिकाका सह सम्पादक समेत रहेका दवाडीले आफ्नो दिवंगत श्रीमतिको स्मृतिमा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेका हुन ।

पत्रकार दवाडीले दिवंगत श्रीमति युुन्तिदेबीको बार्षिकीको अवसर पारेर आइतबार सताक्षी प्रेस क्लबका अध्यक्ष सेलिङ केसी, सहसचिब गोबिन ल्वागुन तथा सदस्य सोनिका राईलाई संयुक्त रुपमा उक्त चेक हस्तान्तरण गरेका हुन । उनको श्रीमतिको गत बर्ष फागुन ४ गते सरस्वती पुूजाको दिन ५९ बर्षको उमेरमा ह्रिदयघातको कारण निधन भएको थियो ।

दवाडीले आफुु लामो समयदेखि पत्रकारीता गर्दे आएको र पत्रकार तथा साहित्यकारहरुप्रति सधै माया र साथ सहयोग गर्ने श्रीमतिको भावना रहेकोले उनको इच्छा अनुसार पत्रकारिता तथा साहित्य क्षेत्रमा उत्कृष्ट कलम चलाउने पत्रकार र साहित्यका लाई पुरस्कृत गर्नका लागी अक्षयकोष स्थापना गरेको दवाडीले बताए ।

दवाडीको एक ९५ बर्षिय पिता, छोरा बुहारी र २ नाती रहेका छन । हाल सताक्षी प्रेस क्लबमा मनाहाङ सेलिङ स्मृति अक्षयकोष रहेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *