दमक, २४ माघ–नेकपा (माओवादी केन्द्र) दमक नगर इन्चार्जमा बेदु गौतमलाई जिम्मेवारी तोकेको छ । त्यस्तैं, पार्टी दमक नगर कमिटीको सह–इन्चार्जमा शंखर बस्नेत (तीर्थ) लाई जिम्मेवारी प्रदान गरेको छ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा माओवादी केन्द्रले दमक नगर कमिटीको इन्चार्जमा गौतम र सह–इन्चार्जमा बस्नेतलाई जिम्मेवारी दिएको हो ।

गौतम यसअघि, दमक नगरको सह–इन्चार्ज थिए । उनले पार्टीको दमक नगर कमिटीको अध्यक्षको समेत जिम्मेवारी पुरा गरिसकेका छन् । यता, दमक नगर कमिटीको सह–इन्चार्जको जिम्मेवारी पाएका बस्नेत दमक नगर कमिटीको निर्वतमान अध्यक्ष हुन् ।

त्यसैगरी, झापा निर्वाचन क्षेत्र नं ५ को निर्वाचन क्षेत्रीय इन्चार्जमा बीरेन्द्र बस्नेत र सह–इन्चार्जमा हुकुमसिंह नेपालीलाई जिम्मेवारी प्रदान गरेको छ ।

बस्नेत बिद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् । उनी दमक निवासी हुन् भने नेपाली गौरादहवासी हुन् ।

क्षेत्र नं ५ (१) को क्षेत्रीय इन्चार्जमा बन्दना झाँगड र क्षेत्र नं ५ (२) को इन्चार्जमा भूमिका कोइरालाले जिम्मेवारी पाएका छन् । त्यस्तैं, गौरादह नगर इन्चार्जमा पुष्प ढकाल र सह–इन्चार्जमा माधब भट्टराई चयन भएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *