काठमाडौं, २६ माघ–सत्तारूढ नेपाली कांग्रेसको पदाधिकारीहरू आज पनि छलफलमा जुट्दै छन् । कार्यसम्पादन समितिको बैठकका एजेण्डाबारे छलफल गर्न वैठक बस्न लागेको हो ।
दिउँसो बस्ने बैठकको स्थल भने टुङ्गो लागेको छैन । कार्यसम्पादन समितिको बैठक भोलिका लागि आह्वान गरिएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा पनि सहभागी हुने अवस्थामा बैठक बालुवाटारमा बस्नेछ । देउवा सहभागी नहुने भए केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ ।
सभापति देउवा बाहेकका पदाधिकारीले हिजो पनि सानेपामा छलफल गरेका थिए । आज सोही छलफललाई निरन्तरता दिन लागिएको ती पदाधिकारीले जानकारी दिएका छन् ।
बैठकमा विशेष गरी विभिन्न भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचत भएको अवस्थामा ती पदमा के गर्ने भन्नेबारेमा छलफल गरी निचोड निकालिने बताइएको छ ।
