गोविन ल्वागुन/झिलझिले, २७ माघ–प्रदेश १ का नवनियुक्त मन्त्री झलकसिंह दर्लामी मगर शुक्रबार र शनिबार आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुन पहिलो पटक गृह नगर झापाको शिबसताक्षी आउने भएका छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी सम्हाले लगतै मन्त्री दर्लामी निर्वाचन क्षेत्रमा आउने भएका हुन् ।

नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीले शनिबार दुधेमा आयोजना गरेको सपथ ग्रहण समारोहमा सहभागि हुन मन्त्री दर्लामी शिबसताक्षी आउने भएका हुन् ।

मन्त्री दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङका अनुसार कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक गृह नगर शिबसताक्षीसहित कोरोबारी र माहाभारामा हुने कार्यक्रममा सहभागि जनाउन मन्त्री दर्लामी झापा आउने भएका हुन् ।

स्वकीय सचिव नेम्बाङले मन्त्री दर्लामीले शनिबार बिहान गौरिगञ्ज-१ माहाभारास्थित कुञ्जिबारीमा निर्माणधिन बृद्ध आश्रमको अवोलकन गर्नुका साथै कामको प्रगती सम्बन्धी छलफल गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

त्यस्तैं, सोही दिन गौरिगञ्ज-२ कोरोबारीमा सिचाई योजना अन्तर्गत निर्माणकार्य भइरहेको ट्युबेल बोरिङका लागी जमिनमा ओछ्याइने पाइप लाईनको स्थलगत अवोलकन गर्नुहुने कार्यक्रम छ ।

गौरिगञ्जस्थित माहाभारा र कोरोबारीका दुई फरक कार्यक्रममा सहभागिपछि मन्त्री दर्लामी शिबसताक्षी नगरपालिकाको दुधेीस्थित सामुदायीक अध्ययन केन्द्रको भवनमा आयोजित नेकपा ९माओवादी केन्द्र० नगर कमिटीले आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा सहभागि हुनुहुने स्वकीय सचिव नेम्बाङले जानकारी गराउनुभयो ।

शनिबारै, दुधेमा बिभिन्न संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री दर्लामी सहभागि हुनुहुन्छ, नेम्बाङले भन्नुभयो ।

मन्त्री दर्लामी झापा निर्वाचन क्षेत्र नं ४र/१ का लागी माओवादी केन्द्रबाट निर्वाचिन सांसद हुनुहुन्छ । शिबसताक्षी-११ दुधेमा घर भएका मन्त्री दर्लामी प्रदेश १ सभामा माओवादी केन्द्रको तर्फबाट प्रमुख सचेतकको समेत भूमिकामा सक्रिय हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *