डिकेन्द्र बस्नेत/काठमाडौं, २८ माघ–देशभरी छरिएर रहेका ख्रीस्टियन समुदायलाई नेतृत्व गर्दै आएको नेपाल रास्ट्रिय मण्डली संगती, नेपाल ख्रीस्टियन समाज र रास्ट्रिय ख्रीस्टियन महासंघ नेपालले आजदेखि एक भएको घोषणा गरेका छन् ।

ललितपुरमा आज सम्पन्न मेलमिलाप, सहकार्य तथा एकता कार्यक्रममा तीनवटा ख्रिस्टियन समुदायको हकहितका लागि स्थापना भएको तीनवटा संस्थाहरु एकताको घोषणा गरेका हुन् ।

बाहिरबाट हेर्दा धेरै उपलब्धिहरु प्राप्त भएको जस्तो देखिए तापनि आजसम्म पनि नेपाली ख्रीस्टियन समुदाय तथा चर्चहरुका समस्याहरु यथावत नै रहेका, सरकार तथा सम्बन्धित निकायले अझै ख्रीस्टियन समुदायलाई खासै पहिचान नगरेको र सरकारी मान्यता नदिएको हुनाले आफ्नो पहिचान तथा अस्तित्वका लागि बोल्ने, बहस पैरवी गर्ने र आफ्नो हकहितका लागि जाहेर गर्नुपर्ने अवस्था अझै पनि रहेको छ।

यी कुरालाई ध्यानमा राखि ख्रीस्टियन समुदायको तीन वटै छाता संगठन मिलेर सम्पूर्ण ख्रीस्टियन समुदाय र चर्चको हकहितका लागि एकातावद्व र संयुक्त रुपमा काम गर्ने भनी सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

मेलमिलाप तथा एकताको कार्यक्रममा नेपाल ख्रीस्टियन समाजका अध्यक्ष रेभ. हनोक तामाङले भन्नुभयो-‘हामी सबै ठाँउ पुग्यौं‘, वास्तवमा हामी कहि पुग्न सकेनौ, हामीले धेरै बोल्यौ तर हाम्रो आवाज कहि कतै पुग्न सकेन, सुनवाई भएन, न सरकारले सुन्यो, न सदन संसदले सुन्यो’ त्यसैले अब एकताको आवाज सबैले सुन्नेछ त्यो बाटो तयार भएको बताउनु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *