गोविन ल्वागुन/झिलझिले, २८ माघ–क्यानसर रोगले ग्रसित झापा शिबसताक्षी–८ श्रीजंगा चौककी साढे चार बर्षिया जेसिका विश्वकर्मको उपचारमा आर्थिक समस्या भएको छ । आँखामा भएको क्यानसरको शल्लेक्रिया सफल भएपनि पछिल्लो समय बिर्तामोडस्थित पूर्वाञ्चाल क्यानसर अस्पतालमा केमु चढाइरहेकी जेसिकाको उपचारमा परिवारलाई आर्थिक समस्या भएको हो ।
जेसिकाको उपचारमा पछिल्लो समय आर्थिक सहयोग संकलनलाई तिब्र बनाइएको छ । जेसिका बचाउ अभियान नामक संस्था मार्फत आर्थिक सहयोग संकलन कार्यलाई तिब्र बनाइएको हो ।
यसैबीच, दमकमा स्थापना भएर सामाजिक सेवामा सक्रिय सुन्दर समाज नेपालले आज जेसिकाको घरैमा पुगेर रु ८ हजार ५ सय सहयोग प्रदान गरेको छ । संस्थाकी सचिव मनु साङपाङ र सदस्य दिपा सम्बाहाम्फेले जेसिकाको घरैमा पुगेर संस्थाको तर्फबाट एकमुष्ठ उक्त सहयोग रुपैया प्रदान गरेका हुन् ।
सो क्रममा जेसिका बचाउ अभियानका सल्लाहकार तथा शिबसताक्षी नगरका सामाजिक तथा बौद्धिक व्याक्तित्व चन्द्रवीर नेम्बाङ, समाजवादी प्रेष संगठनका झापा सहसचिव पत्रकार गोविन ल्वागुन, सुनचाँदी व्यवासायी तथा दलित अधिकारवादी नेता मोहन सेनचुउरी, जेसिकाको आमा सिताको उपस्थिति रहेको थियो ।
सुन्दर समाज नेपालको तर्फबाट सहयोग उपलब्ध गराउनेहरुमा अध्यक्ष रुपा सेलिङ रु एक हजार, उपाध्यक्ष जमुना राई रु एक हजार, उपाध्यक्ष लक्की सिटौला रु एक हजार, महासचिव गंगा ढकाल रु एक हजार, सचिव मनु साङपाङ राई रु एक हजार, कोषाध्यक्ष झरना लक्सम देवान रु एक हजार, सदस्यहरु अनु चेम्जोङ ताजपुरिया रु पाँच सय, समिता लावती रु पाँच सय, कुसुम ढुंगेल रु पाँच सय, पुनम सुब्बा रु पाँच सय, दिपा सम्बाहाम्फे लिम्बू रु पाँच सय र बिमला जोशी रु पाँच सय गरी एकमुष्ठ रु ८ हजार ५ सय प्रदान गरिएको हो ।
