काठमाडौं, २९ माघ–ललितपुर सुनाकोठीको बालकुमारी मन्दिरबाट ९ माघको मध्यराति हराएको बालकुमारीको मूर्ति शुक्रबार बिहान सातदोबाटोस्थित सशस्त्र प्रहरी क्याम्पनजिकै करुणा मन्दिरको बाहिरपट्टि फेला परेको छ ।

एक महिलाले खबर गरेपछि पुगेको टोलीले बोरामा बेरेको अवस्थामा मूर्ति भेटाएको प्रहरी परिसर जावलाखेलका एसएसपी यज्ञविनोद पोखरेलले बताए । कसैले रातिको समयमा मूर्ति छाडेर गएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मूर्ति हराएको भोलिपल्ट स्थानीयले खबर गरेपछि प्रहरी परिसर ललितपुर, महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० र चापागाउँ वृत्तको विशेष टोली खोजीमा खटिएको थियो । १९ दिनपछि भेटिएको मूर्ति शुक्रबारै प्रहरीले गुठीलाई हस्तान्तरण गरेको छ ।

स्थानीयले बाजागाजासहित खुसियाली मनाउँदै बालकुमारी मन्दिरमा मूर्ति पुनस्र्थापना गरेका छन् । पित्तल र सुनको लेपनसहित बनेको मूर्ति दुई फिट अग्लो र २५ केजीको छ । मूर्ति तीन सय वर्ष पुरानो भएको स्थानीयको दाबी छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *