काठमाडौँ, २९ माघ–प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धका दुई नेताबीच छलफल जारी छ ।

शनिबार प्रधानमन्त्री देउवासँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष सहभागी छन् ।

समसामयिक राजनीतिक विषयमा उनीहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । एमसीसी सम्झौता र स्थानीय चुनाव लगायतका विषयमा पनि उनीहरुबीच छलफल भइरहेको उनले बताए ।

पछिल्लो समय अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने सम्बन्धमा नेपाली राजनीतिक दलबीच फरक फरक धारणा आइरहेको हुँदा उनीहरु छलफलमा जुटेको बताइएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *