डिकेन्द्र बस्नेत झापा, २९ माघ–हिजो मात्र काठमाडौंमा भएको मेलमिलाप, सहकार्य तथा एकता कार्यक्रम मार्फत नेपालमा रहेका ख्रिस्टियन समुदायलाई नेतृत्व गर्दै आएका नेपाल रास्ट्रिय मण्डली संगति, नेपाल ख्रीष्टियन समाज तथा रास्ट्रिय ख्रिस्टियन महासंघ नेपालले सहमति तथा एकता पत्रमा हस्ताक्षर गरेका थिए।
हिजो मात्र ख्रिस्टियन महासंघ नेपालका अध्यक्ष सि वि गहतराजले हस्ताक्षर गरेको सहमति पत्रको बुदा नं। ७ मा लेखिएको थियोे नेपाल रास्ट्रिय मण्डली संगति, नेपाल ख्रिस्टियन समाज तथा रास्ट्रिय ख्रिस्टियन महासंघ नेपालले प्रत्यक्ष रुपमा कुनै राजनीतिक गतिविधिमा संलग्नता नजनाउने ।
तर आज दिउँसो २ बजे भने केही राजनितिक दलहरूले आफ्नै चुनाव चिन्हमा निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्ने छलफल साथै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउने साथै सि वि गहतराज अध्यक्ष रहेको सामाजिक एकता पार्टी सहित अन्य १० भन्दा बढी राजनीतिक दलहरूको एलायन्स एकता घोषणा कार्यक्रम रिपोर्टस क्लबमा हुने भएको छ।
