डिकेन्द्र बस्नेत/झापा, २९ माघ–चेतनशिल युवा समाज चुलाचुली इलामको आयोजनामा चैत ८ गतेदेखि खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ।
स्वास्थ्यको लागि खेलकुद, रास्ट्रका लागि खेलकुद मुल नाराकासाथ फागुन ८ गतेदेखि १४ गतेसम्म फुटबल प्रतियोगिता चपेटीस्थित खेल मैदानमा हुने भएको छ। खेलको विजेताले प्रथम पुरस्कार रु ३० हजार ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो पुरस्कार रु २० हजार साथै ट्रफी, मेडल तथा प्रमाणपत्र रहेको छ।
गत वर्षमा चपेटीमा चेतनशिल युवा समाज चुलाचुलीले फुटबल प्रतियोगिता गरिसकेको र यो वर्षको खेल पनि भव्य, सभ्य तवरले कार्यक्रम सम्पन्न बनाउन सबैलाई आयोजक संस्थाका अध्यक्ष बबिन वान्तावा राईले बताए ।
हेर्नुहोस्ः खेलको समय तालिका

